
काठमाण्डौ विद्यालयका अदित श्रेष्ठले SEE परिक्षामा ४ जिपिए ल्याउन सफल भएका छन।
विद्यालयका हरेक कार्यक्रममा सधैं जसो आफुलाई अब्बल बनाएका अदित अन्तर विद्यालय
प्रतियोगितामा होस् या जिल्ला स्तरिय प्रतियोगितामा होस् आफुलाई सधैं अग्र स्थानमा स्थापित
गरेका थिए।
अदित श्रेष्ठको मेहनत र सफलताको कदर गर्दै विद्यालयले २०७९ उत्कृष्ट बर्ष बिद्यार्थी घोषणा
गर्दै अभिभावक दिवसको उपलक्ष्यमा सम्मान पत्र प्रदान गरेको थियो।

SEE परिक्षा २०७९ को नतिजा आए संगै अदित श्रेष्ठको मेहनतले सार्थकता पाएको हो,
यस् संगै विद्यालयका तर्फबाट भने सम्पूर्ण बिद्यार्थीहरु उत्कृष्ट नतिजा ल्याउन सफल भएका छन।
फलस्वरुप, काठमाण्डौ विद्यालय बुढानिलकण्ठ नगरपालिकामै सर्बोउत्कृष्ट हुँदै पहिलो स्थान हासिल गर्ने
विद्यालय बन्न सफल भएको छ भने काठमाण्डौ जिल्ला भरिबाट तेस्रो उत्कृष्ट विद्यालयका रुपमा आफुलाई स्थापित
गरेको छ।
विद्यालयमा खुशी साट्ने क्रममा अदितले आफुलाई पढाउनु हुने सम्पूर्ण शिक्षक शिक्षिकालाई
धन्यवाद दिएका छन र आउँदा दिनमा पनि आफुलाई सधैं अब्बल बनाउदै जाने र शिक्षक
अभिभावक र विद्यालयले आफुलाई गरेको विश्वाशलाई सफलतामा पारीणत गरेर देखाउने प्रण
गरेका छन् ।

विद्यालयको यस् ऐतिहासिक सफलताको खुशी साट्दै प्रिन्सिपल सुस्मिता मैनालीले विद्यालयलाई
यो सफलता दिलाउन अहोरात्र खटिनु भएका सम्पूर्ण शिक्षकलाई धन्यवाद ज्ञापन गर्दै बिद्यार्थीलाई
उज्ज्वल भबिस्यको शुभकामना दिनु भएको छ। साथै, बिद्यार्थीलाई भोलिका दिनमा आफ्नो र विद्यालयका
तर्फ बाट चाहिने साथ सहयोगको लागी आफु तत्पर रहेको कुरा जानकारी गराउनु भएको छ।
यो नतिजा संगै यस् विद्यालयको गरिमा र काठमाण्डौ विद्यालय प्रतिको आकर्षण झनै बढेको
र आउँदा दिनमा पनि बिद्यार्थीहरुको उज्जवल भबिस्यको लागी कुनै पनि कुराको कमी रहन
नदिने बताउनु भएको छ।
उहाँले आउँदा दिनहरुमा बिद्यार्थीको सफलतालाई मध्यनजर गर्दै शैक्षिक गुणस्तरलाई अझै माथिल्लो तहमा
पुर्याउने बताउदै सम्पूर्ण बिद्यार्थीहरुको लागी विद्यालय खुला रहेको जानकारी दिनु भएको छ।








