
यस काठमाडौं विद्यालयका बिद्यार्थीहरुले वि.सं. २०७९ मा रास्ट्रीय परीक्षा बोर्डले सञ्चालन गरेको एसईई परिक्षामा ४ जनाको ३.९५ GPA सहित सम्पुर्ण बिद्यार्थीको उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ।

हरेक विधामा अब्बल मानिएका अदित श्रेष्ठ शैक्षिक बर्ष २०७९ सम्म विद्यालय भित्र वा बाहिर सञ्चालन भएका हरेक क्रियाकलाप तथा परिक्षाहरुमा सदैव अग्रणी स्थानमा आफुलाई उभ्याउन सफल हुने गर्दथे।





ऐतिहासिक एवम् उत्कृष्ट नतिजा ल्याउन सफल सम्पुर्ण बिद्यार्थीलाई बधाई तथा शुभकामना दिदै यस काठमाडौं विद्यालयकी प्रधानाध्यापक सुस्मिता मैनाली ज्युले काठमाडौं विद्यालयमा बिद्यार्थीहरुको शैक्षिक स्तरिकरणमा आफुले कहिल्यैपनी कमि नगरेको र आउदा शैक्षिक सत्रहरुमा काठमाडौं विद्यालयलाई अझै उत्कृष्ट बनाउन आफू प्रयत्नशील रहेको बताउनु भएको छ।
त्यसो त काठमाडौं विद्यालयले आफ्नो क्षेत्रमा हरेक विद्यामा सञ्चालन हुने प्रतियोगिता तथा परिक्षामा आफुलाई सदैव अग्रणी स्थानमा स्थापित गर्न सफल हुँदै आएको छ।
अन्तत: एसईई परिक्षामा उत्कृष्ट नतिजा ल्याउन सफल सम्पुर्ण विद्यार्थी भाईबहिनिहरुलाई बधाई तथा उज्ज्वल भबिस्यको शुभकामना दिन चाहान्छौँ।







